अर्थ

हरियो तरकारीको मूल्य उच्च, कति पुग्यो एक किलो गोलभेँडाको मूल्य ?

काठमाडौं।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज मकैबोडीसहित हरियो तरकारीको मूल्य वृद्धि भएको छ ।

काउलीको भाउ हिजोको तुलनामा प्रतिकेजी ३० रुपैयाँले घटेर ६० रुपैयाँ तोकिएको छ । लोकल घिउसिमी र तितो करेलाको मूल्यमा पनि प्रतिकेजी ५ रुपैयाँले घटेको छ । हरियो फर्सी,रातो मूला,मकै बोडी,फर्की पाकेको मूल्यमा प्रतिकेजी १० रुपैयाँले वृद्धि भएको छ ।

नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा मूल्य स्थिर छ । गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल सानो गोलभेँडा प्रतिकेजी ५ रुपैयाँले घटेर आज ६० रुपैयाँ कायम भएको छ ।

रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ न्यूनतम प्रतिकेजी तोकिएको छ । सुकेको प्याज भारतीय ५४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।

गाँजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ४०, मुला रातो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ ।

तितो करेला ३०, लौका ५०, परवल ३५, घिरौला २५, फर्सी पाकेको ५०, हरियो फर्सी ७०, कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० हुँदा हरियो प्याज ८० रुपैयाँ न्यूनतम मूल्य कायम रहेको छ ।

समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ ।

कागती १३०, अनार ३००, आँप मालदह २००,तरबुजा हरियो ७०, मौसम १५०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *