काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेकाे आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा बाँडफाँड गरिएको हो।
क्यापिटलका अनुसार कम्पनीको आईपीओ २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना ४ जना आवेदकको आवेदन रद्द गरी २७ हजार ६ सय २८ जना आवेदन योग्य भएको छ ।
न्यूनतम १० कित्तादेखि ४० कित्तासम्म माग गर्ने ७ हजार ८८५ आवेदकलाई मागबमोजिमका १ लाख ५४ हजार ९९० कित्ता तथा ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ आवेदकलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७२० कित्ता गरी कुल ९ लाख ४४ हजार ७१० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
बाँडफाँडपश्चात बाँकी रहन गएको १ लाख ८० हजार २९० कित्ताको हकमा ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने भएकाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम ५० कित्तादेखि २ हजार कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी गोलाप्रथाद्वारा थप १० कित्ताका दरले १८ हजार २९ जना सफल आवेदक छनोट गरी १ लाख ८० हजार २९० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
कम्पनीकाे आईपीओको नतिजा केही समयपछि प्रकाशन हुनेछ । आईपीओको नतिजा सिडीएससीको मेरोशेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login र सिडीएसको वेबसाइटबाट :https://iporesult.cdsc.com.np/




