अर्थ

भारत निर्यात भएपछि गोलभेँडाको मूल्य बढ्यो

काठमाडौं।नेपालमा उत्पादन भएको गोलभेँडा भारत निर्यात भएपछि मूल्य वृद्धि हुन पुगेको व्यवसायीहरूले बताएका छन् । एक महिनाअगाडि मात्रै नेपाली किसानले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फालेर विरोध जनाएका थिए ।

व्यवसायीहरूले पछिल्लो समय उत्पादन भएको गोलभेँडा भारतमा जान लागेकाले बजार मूल्य बढेको बताएका हुन् । कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेँडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन बढेको बताइन् । उनले नेपाली बजारमा गोलभेँडाको कमी भएको अवस्थामा भारतमा निर्यात गर्दा मूल्य वृद्धि भएको बताइन् ।

गोलभेँडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेँडा अत्याधिक महँगो भएको बताए । उनका अनुसार गोलभेँडाबाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएकाले मूल्य वृद्धि नभएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *