बैंक/ शेयर

नेप्सेमा झिनाे अंककाे सुधार

काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०० अकंले बढेर २०८९.८४ बिन्दुमा बन्द भएको छ । आज एक अर्ब ७८ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

आज सपार्ट माइक्रोफाइनान्स र एनआइबिएल ग्रोथ फण्डको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन शिवम् सिमेन्टको सर्वाधिक काराेबार भएकाे छ । यस कम्पनीको आज ९ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *