बैंक/ शेयर

सेयर बजारमा गिरावट , यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा बन्द भएकाे छ । आज ६७ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । कम्पनीको यस दिन १० करोड ५७ लाख ५९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख ६० हजार रुपैयाँ,प्रोग्रेसिभ फाइनान्सको ६ करोड ८० लाख ७७ हजार रुपैयाँ, नेपाल पुर्नबीमा कम्पनीको ६ करोड ११ लाख ७१ हजार रुपैयाँ र एभरेष्ट बैंकको ६ करोड ३ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *