अर्थ

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

काठमाडौँ।प्रिओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले घटेको छ । योसँगै नेप्से सूचक २१५५.४८ को अंकमा झरेको छ ।

सेसन अवधिमा १८ कम्पनीको १३ सय ७५ कित्ता सेयर किनबेच भएको छ । जसमा ९ कम्पनीको भाउ बढ्दा ७ कम्पनीको भाउ घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै परिवर्तन भएको छैन । सेसन अवधिमा ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *