देश

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ ।

मंगलबारको बजार भाउ तय गर्दै महासङ्घले सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले मूल्यवृद्धि भएको जनाएको हो ।

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो । मंगलबार सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको छ ।

महासङ्घले म‌गलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । यससँगै चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *