बैंक/ शेयर

हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामी खुल्ने

काठमाडौ । हिमाल दोलखा हाइड्रोपावरले २२ साउन २देखि १५ लाख ७७ हजार २११ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद साउन २९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।

यसअघि कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म १ करोड २० कित्ता ७५% हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर हिमाल दोलखाले अब लिलामीमा ल्याएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *