काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ ।
आइतबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको मुल्य तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो ।
आइतबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।




