अर्थ

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौं । सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार छापावाल सुन तोलाको १ लाख १३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि सुनको मूल्य गत जेठ १३ गते अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *