बैंक/ शेयर

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ विन्दुमा अडिएको छ। बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा पुगेको थियो।

नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। आज २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो दिन ३ अर्ब १८ करोड ७६ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज २ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एनएमबी डेबेन्चर र एसबीआई डेबेन्चरको मूल्य ९.९९ प्रतिशतले बढ्यो।

एनआईबीएल समृद्धि फन्डको सेयर मूल्य ९.९४ प्रतिशतले बढ्यो। यस्तै पिपुल्स हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढिले घट्यो।

२३ करोड मूल्य बढिको कारोबार गरी शिवम् सिमेन्ट शीर्षस्थानम रह्यो। यसैगरी सोल्टी होटल १७ करोड र हिमालयन लाइफ इन्स्योरेन्स १६ करोड मूल्य बढिको कारोबार गरी क्रमश : दोस्रो र तेस्रो स्थानमा रहे।

कारोबारमा आएका १३ उपसमूहमध्ये ३ बाहेक बाँकी सबै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। बैंकिङ,होटल्स एन्ड टुरिजम र म्युचुअल फन्डको सूचक बढ्दा बाँकी उपसमूहको सूचक घटेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *