अर्थ

एनआईसी एसियाको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौ। एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) को २४ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । बुधबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १ हजार ४५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *