देश

२३ निर्माण व्यवसायीलाई स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण व्यवसायीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

२३ निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र खरिद कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनेकोमा उनीहरूले अटेर गरेका हुन् ।

त्यसपछि सात दिने अर्को स्पष्टीकरणको पत्र काटिएको कार्यालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *