अर्थ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ। बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *