अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढ्यो

काठमाडौ । मंगलबार सेयर कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक ३.४५ अंकले बढेको छ । यससँगै सूचक २०७९.४२ विन्दुमा आएको छ ।

१४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *