देश

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मुल्य उकालो लागेको छ । मंगलबार प्रतितोला छापावाल सुन ४०० रुपैयाँ र तेजाबी सुन ३५० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार प्रतितोला छापावाल सुन १०० रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । सोमबार मुल्य स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *