अर्थ

बढेर आयो डिजेल र खाना पकाउने ग्यासको मूल्य, नेपालमा के हुन्छ

काठमाडौँ । भारतबाट डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढेको छ । मट्टितेल ५ पैसाले बढेको छ ।

यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँले घटेर आएको छ ।

यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको छ । यो बढेको मूल्यलाई आधार मान्दा निगमले आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा गर्नेछ । गत १५ दिनमा भने १ अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *