बैंक/ शेयर

५६.९४ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर कारोबार साताको तेस्रो दिन आज नेप्से परिसूचक भारी अंकले बढेको छ। आज नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.९४ विन्दुमा पुगेको छ।

२७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँमा खरिदबिक्री भयो। ८० हजार ३९८ पटक सेयर कारोबार भयो।

आज ३३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा स्वाबलम्वन लघुवित्त वित्तीय शीर्षस्थानमा रह्यो। सो कम्पनीको २५ करोड बढिको सेयर कारोबार भयो।

यस्तै शिवम् सिमेन्टको २२ करोड ६३ लाख र सोल्टी होटलको २२ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भयो। दोहोरो अंकले बढेको सेयर बजारमा १० उपसमूहको सूचक बढ्दा ३ को सूचक ओरालो लाग्यो।

आज माइक्रो फाइनान्स उपसमूहको सूचक सर्वाधिक ८.९६ प्रतिशतले बढ्यो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *