कर्पोरेट

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४९ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५० पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *