कर्पोरेट

रिलायबल नेपाल लाइफको प्रिमियम मूल्य संशोधन, आईपीओ निष्कासन गर्न पुनः अनुमति माग्यो

काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले प्रिमियम मूल्य संशोधन गरेर पुनः बोर्डमा आवेदन दिएको छ । यसअघि कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ निष्कासनको अनुमति मागेको थियो ।

अहिले यसले १९९ रुपैयाँ प्रिमियम थपेर २९९ रुपैयाँमा साधारण सेयर निष्कासन गर्न अनुमति मागेको छ । रिलायबलले ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो ।

यसको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *