कर्पोरेट

सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ०३ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६७ पैसा र बिक्री दर १६८ रुपैयाँ ४४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *