बैंक/ शेयर

राष्ट्र बैंकले गर्याे विद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउन आग्रह

काठमाडौं l नेपाल राष्ट्र बैंकले बिद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ । बिहिबार सर्वसाधारणको नाउँमा सुचना जारी गर्दे राष्ट्र बैकले यस्तो आग्रह गरेको हो ।

बिगत केही समयदेखि अनाधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायको कर्मचारी भएको भनि ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्वन्धी विवरण अधावधिक गर्न सम्वन्धीत ग्राहकबाट वान टाईम पासवर्ड (ओटीपी), निश्चित अंकको नम्वर, नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएको छ ।

यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपिएस, वालेट जस्ता बिद्युतीय भुक्तानीको साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुाच पुर्याई ग्राहकको खाताबाट बिभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृति बढेको पाईएको छ, राष्ट्र बैंकले भनेको छ ।

यस सन्र्दभमा यस्ता ठगीबाट जोगिनका लागि अपरिरिचत व्यक्तिले माग गरेको कुनै पनि सुचनाहरु उपलब्ध नगर्नु, नगराउनु हुन सम्वन्धीत सबैमा राष्ट्र बैंकले जानकारी गराएको छ ।

यदि कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनको लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्वन्धी सेवा प्रदायक संस्था तथा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टल मा दर्ता गराउँन पनि राष्ट्र बैंकले आग्र गरेको छ ।

साथै राष्ट्र बैंकले भुक्तानी सम्वन्धी कार्य गर्ने अनुमतीपत्र प्राप्त संस्थाहरुले यस्ता अवाञ्छित गतिविधिहरुलाई सुक्ष्मरुपमा निगरानी गर्न समेत आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *