अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढेको छ । यससँगै सूचक २०४०.५७ विन्दुमा आएको छ । ३० लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ७ हजार ३ सय कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३२ वटा कारोबार भएको छ । १९ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *