अर्थ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पुर्णपाठ)

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रदेशभित्र यातायात व्यवस्था कार्यालय सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने गण्डाकी प्रदेशसरकारले घोषणा गरेको छ । यस्तै खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराएर विद्युत महशुलमा अनुदान दिने प्रदेश प्रमुखको भनाइ छ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने जनाएको हो ।

गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा मिर्गौला डायलाइसिसको निशुल्क डायलाइसिस सेवा विस्तार , सार्वजनिक खर्चलाई मितव्यपी बनाउन, चालू खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्रथामिकता दिने जनाएको छ । कृषि र पशु बिमा कार्याक्रम सञ्चालन मार्फत नागरिकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने गण्डकी प्रदेश सरकाले नीति तथा कार्यक्रम जारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *