अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार ३०० पुग्यो

काठमाडौं : ।सु्नको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन १ लाख १२ हजार ७५० कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार ५ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

बिहीबार चाँदी १४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *