देश

भन्सार विभागको महानिर्देशकमा पौडेल

काठमाडौं । सरकारले भन्सार विभागको महानिर्देशकमा सहसचिव शोभाकान्त पौडेललाई पठाएको छ । यसअघिका भन्सार विभागका महानिर्देशक चक्र बूढालाई पर्यटन मन्त्रालयमा पठाएपछि खाली रहेको ठाउँमा पौडेललाई खटाइएको हो । बूढा गत मंसिर २९ गते भन्सार विभागको महानिर्देशक भएका थिए । उनी २० वैशाखमा त्यहाँबाट सरुवामा परेर पर्यटनमा पुगेका थिए ।
गत ११ जेठमा पौडेल खानेपानी मन्त्रालयबाट अर्थमा आएका थिए । उनलाई बजेटको मुखमा अर्थमा भित्राइएसँगै भन्सार विभागको महानिर्देशक बनाउन लागेको चर्चा चलेको थियो । भन्सार विभागका महानिर्देशकका लागि भुपाल बराल, सेवन्तक पोखरेलको नाम पनि चर्चामा थियो ।

पौडेलले यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका जिम्मेवारी सम्हालिसकेका छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पौडेललाई २०७८ भदौमा आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पठाएका थिए। पौडेलले अर्थ मन्त्रालयअन्तर्गत रहेको राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारसमेत सम्हालिसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *