अर्थ

दिनदहाडै लुटियो एनएमबी बैंक

महोत्तरी । महोत्तरीमा हतियारधारी समूहले दिन दहाडै एनएमबी बैंकमा लुटपाट गरेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *