अर्थ

एकैदिन प्रतितोला २४०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ  । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४००  रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला १  लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १  लाख ७  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *