कर्पोरेट

सुनचाँदीको मूल्य स्थिर

काठमाडौ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइबारकै मूल्यमा साेमबार सुनचाँदीको कारोबार भइरहेकाे हाे ।

मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख ७ हजार ६ सय रुपैयाँ पर्नेछ ।

यता, चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *