काठमाडौं । सार्वजनिक संस्थान अन्तर्गत आर्थिक वर्ष २०७८ / ७९ मा प्रत्यक्ष रूपमा २९७३६ जना रोजगारीमा आवद्ध रहेका छन् । आर्थिक वर्ष २०७८ /७९ मा प्रत्यक्ष रूपमा २९ हजार ७३६ जना रोजगारीमा आवद्ध रहेको सार्वजनिक संस्थानले आइतवार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सार्वजनिक संस्थान अन्र्तग सबैभन्दा बढी रोजगारीमा योगदान जनोपयोगी क्षेत्रका संस्थानमा १३१३० (४४.१५ प्रतिशत ) र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा १३१८ (४.४३ प्रतिशत) आवद्ध रहेका छन्
। औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारीको संख्या आर्थिक वर्ष २०७७र७८ मा १९४३ रहेकोमा आर्थिक वर्ष २०७८ र ७९ मा १०.६५ प्रतिशतले वृद्धि भएर २१५० पुगेको छ । सार्वजनिक संस्थानले प्रदान गरेको रोजगारी अघिल्लो आर्थिक वर्ष २०७७र७८ को तुलनामा ६.१९ प्रतिशतले वृद्धि भएको हो । सार्वजनिक संस्थानले उत्पादन तथा बिक्री वितरण गर्ने वस्तु तथा सेवाका कारण अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न मदत पुयाएको छ ।




