अर्थ

तमोरबाट पावर चाइनालाई हटाउने तयारी

काठमाडौं । तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइएको छ ।

आइतबार बसेको बोर्डको बैठकले ६७९ मेगावाटको तमोररबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रियाअघि बढाइएको हो । प्रक्रिया स्वरुप सम्झौता र कार्ययोजनाअनुसार काम अघि नबढेको भन्दै स्पष्टीकरण सोध्ने बोर्डले गरेको हो ।

नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) सँग मिलेर आयोजना बनाउने सम्झौता पावर चाइनाले गरेको थियो । एचआईडीसीएलको पत्रअनुसार बोर्डले पावर चाइनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एचआईडीसीएले २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्न्तरता नदिन बोर्डलाई पत्र लेखेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *