कर्पोरेट

कति पुग्यो आज सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *