अर्थ

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली हजारमा आज (बुधबार) सुनको भाउ उकालो चढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा करोबार भएको थियो । आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी मूल्य पनि प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ । गत मंगलबार प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *