अर्थ

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज वैशाख २८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ३६ पैसा र बिक्री दर १४४ रुपैयाँ ०२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ११ पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *