अर्थ

इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएकाे छ । कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपीओ बिक्री खुला गरेको थियो ।

१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेकाे आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को योग्य आवेदन परेकाे थियाे । योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *