अर्थ

बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने मूल्य स्थिर छ। यसअघि सोमबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ३०० रुपैयाँले नै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *