अर्थ

चालू वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९ /८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ ।

मंगलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने अनुमान गरेको हो ।

योसँगै आर्थिक वर्षको अन्तसम्ममा मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने तथ्यांक कार्यालयले जनाएको छ । यसअघि नेपालकाे जीडीपीको आकार ४८ खर्ब हाराहारी थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *