अर्थ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा २०० रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ र तोजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार चाँदीमा प्रतितोला १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *