काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २३० रुपैयाँ, कुरीलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, घिरौला ३० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, तराइ परवर ८० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज २० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, फर्सी पाकेको ३० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ५० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ७० रुपैया केजी, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका २५ रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।




