विश्व

४.५ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र

काठमाडौं । चीनको अर्थतन्त्र तीव्र दरमा बढेको छ । सन् २०२३ को पहिलो त्रैमासमा चीनको अर्थतन्त्र गत वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको छ । महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा विश्वका अन्य प्रमुख अर्थतन्त्रहरुले आर्थिक सुस्ती भोगिरहेकै समयमा चीनको अर्थतन्त्र राम्रैसँग बढेको देखाएको छ । 

यसले कोभिड विरुद्धको शून्य सहनशीलताको नीति हटाएपछि चीनको अर्थतन्त्र दरिलो गरी लयमा फर्किन लागेको संकेत गरेको छ । चीनको सरकारी तथ्यांक कार्यालय National Bureau of Statistics ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार वृद्धिको यो दर गएको वर्षको सोही त्रैमासयताकै उच्च हो । सन् २०२२ को पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ४ दशमलव ८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिको वृद्धिको दर रोयटर्सको जनमत सर्वेक्षणमा गरिएको औसत अनुमान भन्दा चाँहि धेरै हो । अघिल्लो त्रैमासको तुलनामा अर्थतन्त्र २ दशमलव २ प्रतिशतले बढेको छ । चीनले गएको वर्षको अन्त्यतिर कोभिड नियन्त्रणसम्बन्धी कठोर नीति एक्कासी अन्त्य गरेयता विश्वको ध्यान चिनियाँ आर्थिक वृद्धिमा छ ।

मार्चमा चीनको खुद्रा विक्री १० दशमलव ६ प्रतिशतले बढेको थियो । औद्योगिक उत्पादन पनि ३ दशमलव ९ प्रतिशतले बढेको छ । गएको वषएको सोही अवधिको तुलनमा निश्चित सम्पत्तिमा लगानी भने अपेक्षाकृत कमजोर देखियो । औद्योगक र उत्पादन लगानी वृद्धि सुस्ताउँदा गएको वषएको सोही अवधिको तुलनमा निश्चित सम्पत्तिमा लगानी भने अपेक्षाकृत कमजोर देखियो ।

Real Estate  बजारमा लगानी भने अघिल्ला त्रैमासमा झैं गएको त्रैमासमा पनि टेको छ । सन् २०२२ भर चीनको अर्थतन्त्र ३ प्रतिशतले मात्रै बढेको थियो । सो अवधिमा अर्थतन्त्र साढे ५ प्रतिशतले बढ्ने आशा सरकारको थियो । यो वर्ष अर्थतन्त्र ५ प्रतिशतले बढ्ने सरकारी अनुमान छ । 

अमेरिकी बहुराष्ट्रिय लगानी बैंक Goldman Sachs ले पहिलो त्रैमासमा अर्थतन्त्र साढे ४ प्रतिशतले बढ्ने बताएको थियो । यो दरले बढ्दा गोल्डम्यानका अनुसार चीनको यस वर्षको पूणर् वृद्धि प्रक्षेपण पूरा हुने छ । यो महीनाको शुरुमा चीनको उपभोक्ता मुद्रास्फीति १८ महीनाकै न्यून स्तरमा ओर्लिएको थियो ।

आर्थिक गतिविधिलाई बढाउन चीनले यो वर्षको पछिल्तिर थप स्टिमुलस ल्याउने आशा गर्न लागिएको छ । विश्व अर्थतन्त्रमा छाउने भनिएको सुस्तीका कारण चीनको आर्थिक वृद्धिदरले टन्नै अवरोधहरुको सामना गर्न सक्ने देखिएको छ । बेरोजगारी वृद्धिमा बिर्को लगानी चिनियाँ नीतिनिर्माताहरुले स्टिमुलस कार्यक्रमहरु ल्याउने वाचा गरेका छन् ।

तर व्यवसायहरु कर्जाको जोखिमसँग जुधिरहेको अनि संरचनात्मक दुःख अनि विश्व अर्थतन्त्र मन्दीमा जाने भयले स्टिमुलसको प्रयासको असर सीमित पार्ने देखिन्छ । चीनको आर्थिक पुनःबहाली उबडखाबड नै छ । उपभोक्ता, सेवा र पूर्वाधारमा अर्च बढेको भएपनि कारखाना गतिविधि सुस्ताएको छ ।एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *