बैंक/ शेयर

भूगोल इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्टले सर्वसाधारणका लागि जारी गरेको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले सोमबार आइपीओका लागि परेको आवेदनकाे याेग्य आवेदकलाई गोलाप्रथामार्फत आइपीओ बाँडफाट गरेको हो ।

भूगोल इनर्जीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्य १ लाख ३४ हजार ६९९ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ३ जनाले ११ कित्ता सेयर पाएका छन् ।

परेको आवेदन मध्ये १ लाख ४ हजार ८५५ जनाको आवेदन भने रद्द भएको थियो । कम्पनीले १३ लाख ४६ हजार ९९३ आईपीओ बिक्री गरेको थियो । कम्पनीले चैत २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपिओ बिक्री खुला गरेको थियो ।

भूगोल इनर्जीको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *