अर्थ

गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् ।

बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिँदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई लिएर गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपराह्न १ बजे हुनेछ ।

बैंकहरुले वैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *