अर्थ

सुनको भाउ ७ सयले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको भाउ आज घटेको छ। आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।

तेजाबी सुन १ लाख ८ हजार ८०० पुगेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १४३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार चाँदी १४४० रुपैयाँमा कारोबार भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *