अर्थ

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

काठमाडौं । प्रि ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले घटेको छ ।

नेप्से परिसुचकमा ०.८३ अंकले घटेर १८३७.६५ विन्दुमा आएको छ । यससँगै ८ कम्पनीको एक हजार २४० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४३ हजार ३५८ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *