बैंक/ शेयर

सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओ सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । ‘टीएएमओआर’ संकेतबाट सूचीकृत भएको हो । 


सानिमा मिडलको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज अर्थात् पहिलो कारोबार न्यूनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।


सूचीकृत पश्चात कम्पनीको सेयर कारोबार सोमबार (चैत २७ गते) देखि खुला हुनेछ ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *