बैंक/ शेयर

कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा

काठमाडौं। कामना सेवा विकास बैंकले ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश गरि कुल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारण सभाले पारित गर्नेछ र सोहीदिन लगानीकर्ताले पाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *