देश

अञ्जन श्रेष्ठको पक्षमा माहोल बन्दै, गण्डकी प्रदेशको समर्थन

काठमाडौं । आगामी चैत २८ र २९ गते आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

अहिलेसम्म वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईले पनि उम्मेदवारी दिँदैछन् । चैत २९ गतेबाट अध्यक्षमा अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुनेछन् । त्यही भएर वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उठ्न उद्योगी व्यवसायी लागिपरेका हुन् ।

अञ्जन श्रेष्ठलाई नेपाली कांग्रेस र उमेशलाललाई एमालेको समर्थन छ । यदि कांग्रेस निकट मानिने संघाई उम्मेदवार नभएमा अञ्जनले पहिलो चरणमै चुनाव जित्ने गरी माहोल निर्माण भइरहेको छ ।नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठलाई समर्थन गर्ने भएको छ ।पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उमेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्षहरुको सहभागिता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *