अर्थ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १३९ रुपैयाँ १५ पैसा र बिक्री दर १३९ रुपैयाँ ७८ पैसा रहेको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८९ पैसा रहेको  राष्ट्र बैंकले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *