काठमाडौं । श्री गौखुरेश्वर महादेव मन्दिर निमार्णको लागी विनोद नेपाल स्मृति फाउण्डेशनले नगद सहयोग गरेको छ। शनिवार महा शिवरात्रीको अवसरमा एक कार्यक्रमको बीच महादेव मन्दिर संरक्षण समितिलाई एकलाख एकाउन्न हजार एक सय एघार रुपैयाँ बराबराको चेक हस्तान्तरण गरेको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ तलामाराङ सिग्देल डाँडामा नव निर्मित वर्षा र सहकालका ईष्टदेवता तथा भगवान शिवको ६४ ज्योतिलिङ्ग मध्येका एक श्री गौखुरेश्वर महादेव भगवानको नवनिर्मित मन्दिरको उद्घाटन नेपाली कांगेसका केन्द्रिय सदस्य एवम पूर्व मन्त्री तथा सांसद मोहन बहादुर वस्नेतले गरेका थिए । सो कार्यक्रममा वस्नेतद्वारा नवगठित मंन्दिर संरक्षण समितिका पदाधिकारीलाई सपथग्रहण समेत गराएका थिए ।
गौखुरेश्वर महादेव मन्दिर निमार्ण समितिका अध्यक्ष चक्रपाणी सिग्देलले दिएको जानकारी अनुसार फाउण्डेशनले गरेको उक्त सहयोग हालसम्म प्राप्त मध्ये सबैभन्दा ठुलो रकम बन्न पुगेको छ । सबैको साथ सहयोगले मन्दिर निर्माण सम्पन्न गर्न सफल भएको सिग्देललको भनाइ रहेको छ । मन्दिर निर्माण कार्यको लागि फाउण्डेशनले एकलाख एकाउन्न हजार एक सय एघार आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको उनले बताए ।
कार्यक्रममा मन्तव्यका क्रममा विनोद नेपाल स्मृति अध्यक्ष गंगादत नेपालले सामाजिक कार्यहरुमा आफु सधै सहयोग गर्न तयार रहेको विश्वास व्यक्त गरे । इन्जिनियर पढेर देशको भविश्य सुधार्ने योजनाका साथ अध्ययनका लागि प्रदेश गएका विनोदको सपना पूरा नभएको र त्यो सपना पूरा गर्नको लागि फाउण्डेशनले सो काम गरिरहेको उनले बताए ।
समाजसेवी डा. गंगादत्त नेपालको छोरा विनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका थिए । उक्त समयमा कार दुर्घटनामा परि उनको निधन भएको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरु संचालनमा निरन्तर अगाडी बढिरहेको छ ।
फाउण्डेशनले रक्तदान कार्यक्रम, सड़क दुर्घटना न्यूनिकरणको लागी सड़क सुरक्षा सचेतनाका साथै इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा सिभिल इन्जिनियरिङ विषय अध्ययन ४ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति पनि वितरण गरेको छ । विगत लामो समयदेखि सो फाउन्डेसनले विभिन्न काम गर्दै आएको छ ।
नेपाल हाल बुढानिलकण्ठ नगरपालिका –१२ कपन काठमाडौँमा बस्दै आएका छन् । उनको जन्मस्थान मेलम्ची –६ तालामाराङ हो ।




