अर्थ

सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँ कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँ बढेर आज १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय मूल्यको आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औन्स १ हजार ८४२ अमेरिकी डलर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *